लेख विवरण

दोश्रो मातृभूमि कप : इनोभेटिभ सेमिफाइनलमा

दोश्रो मातृभूमि कप : इनोभेटिभ सेमिफाइनलमा

काठमाडौं, पुस ४ गते ।
इनोभेटिभ इङलिस स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

इनाभेटिभले जेम्सलाई ३३–३१ को साँघुरोअन्तरले पराजित ग¥यो । इनोभेटिभका रिजन खनालले १० अंक जोडे ।

ब्वाइजकै अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।

मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे ।

सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुलसंग प्रतिस्पर्धा गर्ने छ ।

गल्र्समा बिहीबारै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल काष्ठमण्डप र बौद्ध चिल्ड्रन हेभेन स्कुल तथा मातृभूमि र चेल्सी वल्र्ड स्कुलबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.