लेख विवरण

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका   छन् । तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।

आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ ।

प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट सकिएको जानकारी दिए । उनका अनुसार क्यारुगीमा पनि १४ वर्षमुनिका सबै प्रतिस्पर्धा सकिएको छ । प्रतियोगितामा दुई सय स्वर्ण, दुई सय रजत र चार सय काश्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

बक्सर चन्द्रबहादुर सम्मानित :

आयोजक आइओएफटिसी नेपालले शुत्रबार उद्घाटन समारोहमा बक्सर चन्द्रबहादुर थापालाई सम्मान गरेको छ । खेलकुद मन्त्री गुप्ताले चन्द्रबहादुरलाई २५ हजार नगदसहित सम्मानित गरे ।

बक्सर थापाले गत हप्ता संयुक्त अरब इमिरेट्सको दुबईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५४ केजी तौलसमूहमा कांस्य पदक जितेका थिए । चन्द्र विश्व बक्सिङ च्यमिम्पयनसिपमा पदक जित्ने पहिलो नेपाली हुन् ।
यसैगरी प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री गुप्ताले तेक्वान्दो तथा खेलकर्मीलाई सम्मान पनि गरे । आइओएफटिसी नेपालले २६ जनालाई सम्मानित गरेको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.