लेख विवरण

मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा

मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा

काठमाडौं, पुस ५ गते । आयोजक मातृभूमिको ‘ए’ र ‘बी’ टिम दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

मातृभूमि ‘ए’ ले इनोभेटिभलाई ४८–३९ ले पराजित ग¥यो । विजेताका सक्षम महर्जन र आभास रावतले समान १४ अंक जोडे । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुललाई ५५–५२ ले हरायो ।

गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल र चेल्सी वल्र्ड स्कुल उपाधिका लागि भिड्ने भएका छन् ।

बौद्ध चिल्ड्रेनले काष्ठमण्डप विद्यालयलाई ४५–१५ ले सहजै पाखा लगायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १७ स्कोर गरिन् । चेल्सीले मातृभूमिलाई ३२–२४ ले पन्छायो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले २० अंक जोडिन् । फाइनल आइतबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.