लेख विवरण

घरेलु अनुभव बोकेका पाँच खेलाडीसहित न्युजिल्यान्डको यू–१९ विश्वकप टोली घोषणा, टम जोन्स कप्तान

घरेलु अनुभव बोकेका पाँच खेलाडीसहित न्युजिल्यान्डको यू–१९ विश्वकप टोली घोषणा, टम जोन्स कप्तान

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२६ का लागि न्युजिल्यान्डले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी टम जोन्सलाई सुम्पिएको छ, जो दोस्रो पटक यू–१९ विश्वकप खेल्न लागेका हुन्।

कप्तान जोन्सले हालै ओटागोबाट आफ्नो फर्स्ट क्लास डेब्युमा शतक प्रहार गर्दै चर्चा कमाएका थिए। उनीसहित घरेलु क्रिकेटको अनुभव भएका पाँच खेलाडी न्युजिल्यान्ड यू–१९ टोलीमा समावेश छन्।

घरेलु क्रिकेट खेलेका अन्य खेलाडीमा नर्दन डिस्ट्रिक्ट्सका ब्याटर स्नेहित रेड्डी र विकेटकिपर आर्यन मान, ओटागोका तीव्र गतिका बलर मेसन क्लार्क तथा अकल्याण्डका बलिङ अलराउन्डर जस्करण सन्धु रहेका छन्। रेड्डी र क्लार्क यसअघि सम्पन्न यू–१९ विश्वकपमा समेत सहभागी भइसकेका खेलाडी हुन्।

टोलीको कोचिङ जिम्मेवारी एन्टोन डेभसिचले सम्हाल्नेछन्। उनलाई न्युजिल्यान्ड क्रिकेट (NZC) का हाई परफर्मेन्स प्रशिक्षक पाउल वाइजम्यान र ग्रेम एल्ड्रिजले साथ दिनेछन्।

न्युजिल्यान्ड यू–१९ टोली:
टम जोन्स (कप्तान), मार्को आल्पे, हुगो बोग, ह्यारी बर्न्स, मेसन क्लार्क, ज्याकब कोटर, आर्यन मान, ब्रान्डन माट्जोपोलोस, फ्लिन मोरे, स्नेहित रेड्डी, कालुम साम्सन, जस्करण सन्धु, सेल्विन सञ्जय, हन्टर शोर र ह्यारी वेट।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.