राष्ट्रिय एन्टिदोपिङ कोर्ष सुरु
काठमाडौं, पुस ७ गते । नेपाल रग्वी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा भक्तपुरस्थित मध्यपुर ठिमी युथ क्लबको सभाहलमा यहि मिति २०८२ साल पुष ७ गतेदेखि “राष्ट्रिय एन्टिदोपिङ कोर्ष २०२५“ संचालन गरेको छ । यस कार्यक्रम ३ दिनसम्म चल्नेछ ।
उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरुको सहभागिता रहेको रग्बी संघले जनाएको छ । क्रार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटा, महासचिव गोबिन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असिम भण्डारीको उपस्तिथि रहेको थियो ।

टिप्पणी लेख्नुहोस्