लेख विवरण

जावलाखेल र मच्छिन्द्रको फराकिलो जित, यु–१६ लिगको शीर्षस्थानमा मच्छिन्द्र बलियो

जावलाखेल र मच्छिन्द्रको फराकिलो जित, यु–१६ लिगको शीर्षस्थानमा मच्छिन्द्र बलियो

काठमाडौँ, पुस ७ — एन्फा यु–१६ लिगअन्तर्गत सोमबार भएका दुई खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै जित दर्ता गरेका छन्।

सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोड्यो। प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलले आक्रमण र अवसरको सदुपयोग गर्दै अन्ततः बाजी मारेको हो।

दिनको अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबमाथि पूर्ण दबाब बनाउँदै ६–१ को फराकिलो जित निकाल्यो। सुरुदेखि नै आक्रामक देखिएको मच्छिन्द्रले लगातार गोल गर्दै खेल एकतर्फी बनाएको थियो।

यो जितपछि मच्छिन्द्र २३ खेलबाट ५२ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा मजबुत बनेको छ। एक खेल कम खेलेको नेपाल पुलिस क्लब ४९ अङ्कसहित दोस्रो स्थानमा पछ्याइरहेको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.