लेख विवरण

विष्ट खेलकुद सद्भावना दूत नियुक्त

विष्ट खेलकुद सद्भावना दूत नियुक्त

काठमाडौं, पुस ७ गते । कृष्णपुर नगरपालिका, कञ्चनपुरले नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्टलाई सोमबार खेलकुद सद्भावना दूतमा नियुक्त गरेको छ ।

विष्टलाई खेल क्षेत्रमा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश एवं राष्ट्रकै गौरव बढाउन पु¥याएको योगदानको कदर गर्दै दूतमा नियुक्त गरिएको हो । १६ औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको समापनका अवसरमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझोले विष्टलाई पत्र हस्तान्तरण गरे ।

विष्टले दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कांस्य जितेका छन् । छनोट चरण पार गरी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने विष्ट पहिलो नेपाली पुरुष खेलाडी हुन् ।

‘आफ्नो जन्मभूमि रैकवार बिचुवा, कञ्चनपुरमा यसरी सम्मानित हुन पाउँदा म अत्यन्तै खुशी र गौरवान्वित छु । ती दिनहरू र मलाई खेलकुदको बाटो देखाउने, सिकाउने र आफ्नै सन्तानझैँ माया गरेर हुर्काउने मेरा खेल शिक्षकहरू आज पनि मनमा ताजा छन् ।’ सम्मानित भएपछि विष्टले भने– ‘आज म जहाँ छु, यो सबै मेरो जन्मभूमिको माटो र यहाँका जनताको अपार माया, आशिर्वाद र समर्थनको परिणाम हो । सबैप्रति हृदयदेखि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु ।’

टिप्पणी लेख्नुहोस्

Please Login to comment.