लेख विवरण

२२औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि पोखरामा

२२औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि पोखरामा

पोखरा — २२औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा आयोजना हुने भएको छ। प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको अनुसार, प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स र डबल्सका साथै ३५, ४५, ५५ र ६५ वर्षमाथिका खेलाडीहरू गरी कुल १२ विधामा प्रतिस्पर्धा हुनेछ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा भारत, भुटान र हङकङका खेलाडी पनि सहभागिता जनाउने छन्। प्रतियोगिताका निर्देशक नवीन चालिसेले जानकारी दिनुभयो कि स्वदेशी र विदेशी गरी कुल १६० खेलाडी प्रतिस्पर्धा गर्नेछन् भने विदेशी खेलाडी १२ जना हुनेछन्।

कास्कीमा टेनिसको विकास, नयाँ खेलाडी उत्पादन र खेल संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका सचिव भीष्मराज पौडेलले बताए।

प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। संघका अध्यक्ष राजकुमार गुरुङका अनुसार, खुल्ला वर्ग पुरुष तथा महिला सिंगल्स र डबल्सका विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा माछापुच्छ्रे बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको आयोजकले जानकारी दिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.