लेख विवरण

नेपालले आईस स्केटिङमा सहभागिता जनाउने

नेपालले आईस स्केटिङमा सहभागिता जनाउने

काठमाडौं, पुस ९ गते । नेपालले अन्तराष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
 
भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ र अन्तराष्ट्रिय स्केटिङ महासंघ संगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिङ प्रतियोगितामा नेपालबाट २ महिला तथा ४ पुरुष खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।  नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ गते देखि १४ गतेसम्म भारतको देहेरादुन स्थित माहाराना प्रताप स्पोटर््स कम्प्लेक्समा रहेको हिमाद्री अन्तराष्ट्रिय आईस स्केटिंङ रिङ सेन्टरमा आयोजना हुने प्रतियोगितामा नेपाल बाट सिनियर पुरुषतर्फको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे त्यस्तै जुनिअर महिला तर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ । त्यस्तै उक्त प्रतियोगितामा टिम म्यानेजरका रुमपा सन्जु श्रेष्ठ तथा अफिसियलमा संघका महासचिब सत्य थापाले सहभागिता जनाउने छन् ।
 
टोलीलाई बिदाई गर्दै पूर्व मन्त्री जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागिता नेपालको लागि खुसीको कुरा रहेको बताउदै शीतकालीन ओलम्पिक खेलको रुपमा रहेको आईस स्केटिङ खेल नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यस खेलबाट नेपालले मेडल जित्ने बिश्वास व्यक्त गर्नु भयो ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.