नवौँ एनभिए महिला–पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि १९ गतेसम्म काठमाडौंमा
काठमाडौँ, पुस ९ — नेपाल भलिबल सङ्घको आयोजनामा नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी पुस ११ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहनेछ, जसमा १२ पुरुष र ८ महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफसँगै न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्को टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर, मणिमुकुन्द भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल एशोसिएसन र बुढानिलकन्ठ भलिबल क्लब सहभागी हुनेछन्।
साथै, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरले पनि पुरुषतर्फ प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका सबै खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आयोजना गरिनेछ।

टिप्पणी लेख्नुहोस्