लेख विवरण

केएमसी बास्केटबलको तयारी

केएमसी बास्केटबलको तयारी

काठमाडौं, पुस ११ गते ।
केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।
 
प्रतियोगितामा ३ विधामा ३६ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जनाएका छन् । सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।
 
सिनियर/जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
 
सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.