लेख विवरण

अल्ट्रा/ट्रेल धावक दावा सम्मानित

अल्ट्रा/ट्रेल धावक दावा सम्मानित

काठमाडौं, पुस १४ गते । 
रसुवा जिल्ला कालिका गाउँपालिकाको १८ औं अधिवेसनका अवसरमा अल्ट्रा/ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ ।

अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी भइ युटीएमबी वल्र्ड च्याम्पियनसिपका लागि छनोट भएकोमा दावालाई सम्मान गरिएको हो । दावाले १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा पूरा गरी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाइएको छ । दावा कालिका गाउँपालिका वडा १ का अध्यक्ष हुन् ।

‘तपाईंले खेल क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै गाउँपालिका र देशको प्रतिष्ठा बढाउने कार्य गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै आगामी दिनमा उज्ज्वल भविष्यको कामनाका साथ खेल क्षेत्रमा थप सक्रियता र सहयोगको अपेक्षा राख्दछौं ।’ दावालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।

दावा आफ्नो व्यवसाय र खेलक्षेत्रमा विगत २० वर्षदेखि सक्रिए छन् । वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको थियो ।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङलगायतले दावालाई सम्मान गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.