अभिलाषा मुख्य ‘ड्र’ मा
काठमाडौं, पुस १४ गते ।
नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन् । छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरी मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
केन्याको नयरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ । प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।

टिप्पणी लेख्नुहोस्