लेख विवरण

क्वानमुकानमा सुवेदी निर्विरोध

क्वानमुकानमा सुवेदी निर्विरोध

काठमाडौं, पुस १६ गते । 
नेपाल क्वानमुकान कराते डो संघको चुनावी साधारण सभाले जनक सुवेदीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रविन्द्र पण्डित, उपाध्यक्षमा रुपेन्द्र थापा, हिक्मत थपलिया र सतिस तन्डुकार, महासचिवमा नरदेव राई, सचिवमा मञ्जु कोइराला र कोषाध्यक्षमा विक्रम श्रेष्ठ रहेको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्यालले जनाएका छन् ।

राम बलामी, अन्जु श्रेष्ठ, प्रभा भट्टराई, सीता मास्के, रघुनाथ पौडेल, विनोद लिम्बू, मकरबहादुर श्रेष्ठ, तेजविक्रम बस्नेत र पुरुषोत्तम राजभण्डारी सदस्यमा चयन भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.