लेख विवरण

जुडोको रेफ्री सेमिनार सम्पन्न

जुडोको रेफ्री सेमिनार सम्पन्न

काठमाडौं, पुस २४ गते । नेपाल जुडो संघको आयोजनामा आईजेएफ रेफरिङ सेमिनार सम्पन्न भएको छ । सेमिनारमा ८० जनाले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

सहभागीलाई जुडो युनियन अफ एसिया (जेयुए) का रेफरिङ कमिसनका सदस्य एवं दक्षिण एसियाली जुडो महासंघका रेफ्री डाइरेक्टर सिद्धीकी मुनावर अन्जर अलीले प्रशिक्षण दिएका थिए ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको दुईदिने सेमिनारमा जुडोको परिवर्तित नियम बारे सहभागीलाई जानकारी गराइएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.