तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
काठमाडौं । दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम कोच र खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन , तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराजराज लम्साल, वडा २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रशासकीय शाखा प्रमुख शम्भुप्रकाश शर्मा र नगरपालिकाका कानूनी सल्लाहकार रामहरि नेपालले खेलाडीसहित टोलीलाई सम्मान गरे ।
पुस २० र २१ गते भएको सो प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी र अफिसियलहरुको आर्थिक ब्ययभार नगरपालिकाले नै व्यहोर्ने गरी बजेट उपलब्ध गराएको थियो भने भबिष्यमा यहि खेलाडीहरुबाट राष्ट्रिय टिममा पुग्ने खेलाडीहरुलाई तारकेश्वोर नगरपालिकाको ब्रान्ड एम्बेस्डर टोकिने र बिधालयमा १००% शुल्क छुट सहित पढाउने ब्यवस्था गरिने मेयर महर्जनले जानकारी गराए । तार्केश्वर नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीले कार्यक्रम संचालन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्