लेख विवरण

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

काठमाडौं । वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । रिजन ब्वाइज तथा अर्सना गल्र्समा पहिलो भएका हुन् ।

ब्वाइज सिंगल्स फाइनलमा रिजनले वडा २० का संस्कार श्रेष्ठलाई ११–३, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे । वडा १६ का स्वर्णिम शाक्य शाक्य र वडा ९ को सोयम महर्जन तेश्रो बने । गल्र्सको उपाधि भिडन्तमा अर्सनाले वडा २० की पमिला जोशीलाई सीधा सेटमा ११–९, ११–५ र ११–७ ले हराइन् ।

ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको पुरुष खुला सिंगल्सको ‘बी’ क्याटगोरीमा वडा २० का इरिस शाक्य पहिलो भए । उनले फाइनलमा वडा ६ का अनुज शाक्यलाई १२–१०, ११–५, ८–११ र ११–५ ले पाखा लगाए । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा वडा ९ का मुकेश महर्जनले वडा ११ का राजिप वज्राचार्यलाई ११–७, १३–११ र ११–२ को सोझो सेटमा पन्छाए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.