केएमसीको विजयी सुरुआत
काठमाडौं, पुस २७ गते । आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ ले पराजित ग¥यो । केएमसीकी आकृशा घिमिरेले २० अंक जोडिन् ।
सिनियर गल्र्समै चेल्सीले बाल दीक्षा सदनलाई ४३–२० र मानाङ्क चिल्ड्रेनलाई ३७–२० ले हराए । चेल्सीको जितमा बाल दीक्षा सदन विरुद्ध लाजेन शेर्पाले १८ मानाङ्क विरुद्ध परम्बा पन्तले १२ अंक योगदान गरे ।
सिनियर ब्वाइजमा बाल दीक्षा सदनले आयोजक केएमसी ‘ए’ लाई ३६–१९ तथा माइलस्टोनले नेपाल सेन्ट्रललाई २७–२० ले पाखा लगाए । बाल दीक्षा सदनका सयल महर्जनले १९ तथा माइलस्टोनका विपिन ओलीले ११ अंक जोडे ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमालीलाई २७–१६, ग्रिनफिल्डले मानाङ्कलाई २०–१२, ग्रिन लन्सले ह्वाइटफिल्डलाई ३१–१६ र सनसाइनले नेपाल सेन्ट्रललाई २२–१० ले पाखा लगाए । इबीएका दिगविजय पुरीले ९, ग्रिनफिल्डका किस्मत ढकालले १०, ग्रिन लन्सका उज्ज्वल पोख्रेलले १४ र सनसाइनका माणिक भण्डारीले १७ स्कोर गरे ।
प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी माया स्याङ्तान, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच उद्घाटन गरे । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिम गरी ३२ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्