हक्की संघको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं। नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ ।
साधारसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र प्रगति विवरण पारित ग¥यो । हक्की संघका कोषाध्यक्ष रामेश्वर घिमिरेको आर्थिक प्रतिवेदन पनि पारित भयो । साधारण सभामा केन्द्र, प्रदेश, जिल्ला, पालिका र क्लबका गरी ७५ जनाको उपस्थिति रहेको महासचिव श्रेष्ठले जनाएकी छन् ।
यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभागका प्रमुख भोजानन्द राई, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्