लेख विवरण

हिमरश्मिलाई फुटसल उपाधि

हिमरश्मिलाई फुटसल उपाधि

काठमाडौं। हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गल्र्स फुटसलको उपाधि शनिबार जितेको छ ।

तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले पराजित ग¥यो । न्यु एरा एकेडेमी र प्रगति मावि तेश्रो भए ।

सिनियर ब्वाइज फुटसलमा क्वाटरफाइनल समीकरण तयार भएको छ । सेक्रेड हार्टले मनास्लु, न्यु एराले सिर्जना ज्ञान सागर, एन्जल्स हार्टले सेब र प्रगतिले न्युटन विरुद्ध खेल्ने छन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज भलिबलमा न्युटन, सेक्रेड हार्ट, हिमरश्मि र सेब सेमिफाइनलमा प्रवेश गरेका छन् । सिनियर ब्वाइज फुटसल र ब्वाइज भलिबल शेषमतिस्थित सmेक्रेड हार्टमा भइरहेको छ ।

दुवैको फाइनल आइतबार हुने ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझीले जनाएका छन् । खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । एथलेटिक्समा कौशल तथा व्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.