लेख विवरण

एथलेटिक्सको सीइसीएस कोर्ष सुरु

एथलेटिक्सको सीइसीएस कोर्ष सुरु

काठमाडौं, माघ २ गते । नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्ष बिहीबारदेखि सुरु भएको छ ।

कोर्षको आयोजक संघका अध्यक्ष समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कोर्ष माघ २ देखि ६ र माघ ८ देखि १२ गतेसम्म २ चरणमा हुने आयोजक संघका सचिव राधाकृष्ण विष्टले जनाएका छन् । दुवै चरणमा समान ३०–३० प्रशिक्षक सहभागी छन् ।

एथ्लेटिक्स फेडेरेसन भारतका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन् नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिलनरसिंह राणाले सहभागिहरुलाई प्रशिक्षण दिने छन् ।

उद्घाटनका अवसरमा आयोजक संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.