लेख विवरण

फ्ल्यास स्पोर्ट्स टेनिसमा सास्वत, आयुशमान, असभ र दर्सिल सेमिफाइनलमा

फ्ल्यास स्पोर्ट्स टेनिसमा सास्वत, आयुशमान, असभ र दर्सिल सेमिफाइनलमा

काठमाडौं, माघ २ गते । सास्वत वज्राचार्य, आयुशमान हजुर घले, असभसम्राट हाडा र दर्सिल श्रेष्ठ फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा सास्वतले बोरिस अधिकारीलाई ४–६, ६–२ र ६–१, आयुशले सुरेन्द्र विकलाई ७–५ र ६–४, असभले संगम आले मगरलाई ६–० र ६–० तथा दर्सिलले साङ्गे रोकायालाई ६–१ र ६–३ को सेटमा पराजित गरे ।

यु–१२ ब्वाइज सिंगल्समा साहस बस्नेत, आरित मल्ल, आहान भट्टराई र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठ, सर्वज्ञजंग खत्री, गगन श्रेष्ठ र सोनाम छिरिङ घले सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ र भानी राजभण्डारीले सेमिफाइनल यात्रा तय गरे ।

यु–१४ ब्वाइज सिंगल्समा विश्वविषेश डल्लाकोटी, सुजन कुइकेल, आहान भट्टराई, प्रारथ्या रिजाल, सभ्यजंग कार्की, शरण विक, अनमोल नेपाली र अर्याशराज पौडेल क्वाटरफाइनलमा पुगे । उक्त स्पर्धाको गल्र्समा सारा पन्त, इरा खत्री, अनुश्री ध्वजु र स्वराह थापा विजयी भए ।

यु–१० ब्वाइज सिंगल्समा आयान पन्त, एस्टन श्रेष्ठ, टोनिश श्रेष्ठ र सोनाम छिरिङ घलेले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.