कमाने प्रिमियर लिगः एक्सपर्ट भिजन र लाइन्स विजयी
हेटौडा । हेटौडाको कमानेमा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने एक्सपर्ट भिजन र कमाने लाईन्स विजयी भएका छन्। चन्द्रोदय मा.वि खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा कमाने एक्सपर्ट भिजनले कमाने राइडर्सलाई ७१ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको कमाने एक्सपर्ट भिजनले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ८६ रन बनायो। टोलीका लागि सन्जिव थापाले ५८ बलमा अविजित ९७ रन बनाए । त्यस्तै सुजित पटेल ४१ र इरफान अलिले ३६ रन बनाए।
कमाने राइडर्सका लागि नाबी आलमले २ तथा प्रविण घिमिरे र राम नरेश गिरीले १-१ विकेट लिए।
१ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा कमाने राइडर्सको टोली १९.५ ओभरमा १ सय १६ रन बनाउदै अलआउट भयो। टोलीका लागि बिष्णु राउतले सर्वाधिक ३३ रन बनाए। त्यस्तै प्रविण घिमिरे १६ र सुखेन्दु समन्थाले १३ रन बनाए। कमाने एक्सपर्ट भिजनका लागि अशिम श्रेष्ठ, सन्जिव थापा र सागर मगरले समान २-२ विकेट लिए।
आजै सम्पन्न दोस्रो खेलमा कमाने लाइन्सले कमाने थर्ड इ समुराइ जापानलाई ८ विकेटले पराजित गरेको छ। कमाने थर्डले दिएको १ सय १४ रनको लक्ष्य कमाने लाइन्सल १०.५ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो। टोलीका लागि शुभ कंसाकारले ३६ बलमा ७६ रनको आक्रमक पारी खेले। त्यस्तै विकास दंगालले १३ र समिर चौलागाइले ११ रनको योगदान दिए। कमाने थर्ड इका लागि अहमद राजाले मात्र २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कमाने थर्ड इले २० ओभरमा ९ विकेट गुमाउदै १ सय १३ रन बनाएको थियो। टोलीका लागि अहमद राजाले सर्वाधिक ४० रन बनाए। त्यस्तै विशेष बिक्रम थापा १९ र गोकुल चौलागाइले १७ रन बनाए। कमाने लाइन्सका लागि शुभ कंसाकारले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै अरुण दाहालले २ तथा समिर चौलागाइले १ विकेट लिए।
प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५र५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।

टिप्पणी लेख्नुहोस्