एलाइट खुला कराते सुरु
काठमाडौं । एलाइट कराते ट्रेनिङ सेन्टर, टोखाको आयोजनामा राष्ट्रिय खुला एलाइट कराते च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न उमेरसमूहमा १ हजार ६ सय ६१ खेलाडीले ३ सय २५ स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् ।
पहिलो दिन यु–४ उमेरसमूहमा टोखा किड्स केयर २१ स्वर्ण, यु–५ मा एभरेष्ट स्कुल २२ स्वर्ण, यु–६ मा माउन्ट ग्लोरी ३३ स्वर्ण, यु–७ मा एभेन्ज स्कुल ४९ स्वर्ण र यु–८ मा नाइटिङगेल स्कुल ४० स्वर्णसहित टिम च्याम्पियन बनेको संयोजक थारुले जानकारी दिए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्