अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान
काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्रीद्वय भीम विश्वकर्मा र काजल श्रेष्ठ डब्लुटी स्टेन्डिङ आईआर सेलेक्सन तथा ट्रेनिङ क्याम्प (एसिया/ओसिएना) मा सहभागी हुन आइतबार काजाकिस्तानको अस्ताना प्रस्थान गरेका छन् ।
कार्यक्रम जनवरी २६ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । यो क्याम्प अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा निर्णायकको रूपमा सहभागी हुन महत्वपूर्ण चरण भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सदस्य सरोज तामाङले जनाएका छन् ।
काजल १३औँ दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदक विजेता हुन् । उनीहरूलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

टिप्पणी लेख्नुहोस्