लेख विवरण

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर क्रिकेट सेन्टर विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर क्रिकेट सेन्टर विजयी

भक्तपुर। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्ला छनोट प्रतियोगितामा भक्तपुर क्रिकेट सेन्टर विजयी भएको छ। आज भएको खेलमा भक्तपुर क्रिकेट सेन्टरले भक्तपुर नगरपालिका क्रिकेट एसोसियनलाई २ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको भक्तपुर नगरपालिका क्रिकेट एसोसियनले ५० ओभरको खेलमा २१.४ ओभर खेल्दै १ सय १७ रन बनाउदै अलआउट भयो। टोलीका लागि सौरभ साखर्मिले सर्वाधिक २१ रन बनाए । त्यस्तै विशाल देबकोटा १७ र महेश बोहराले १२ रन बनाए। भक्तपुर क्रिकेट सेन्टरका लागि विशाल साह कानु र प्रिथ गुरागाइले समान ३(३ विकेट लिदा ओमकार पन्तले २ विकेट लिए।

१ सय १८ रनको लक्ष्य भक्तपुर क्रिकेट सेन्टरले ३२.१ ओभरमा ८ विकेट गुमाउदै पुरा गर्यो। टोलीका लागि राजदिप आचार्यले अविजित २७ रनको योगदान दिए। त्यस्तै सदिप कार्की २९ र त्रिशन चौलागाइले ११ रन बनाए। भक्तपुर नगरपालिका क्रिकेट एसोसियनका लागि सक्रिय प्रताप कार्कीले ३ विकेट लिदा भुपेन्द्र आचार्यले २ तथा धिरेन्द्र बस्नेतले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच विशाल साह कानु भए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.