लेख विवरण

क्याम्ब्रिज कप फुटसल बिहीबारदेखि

क्याम्ब्रिज कप फुटसल बिहीबारदेखि

काठमाडौं, माघ १३ गते । क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी छिन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने छ । तीनदिने प्रतियोगिताका खेलहरु पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिजकै हातामा खेलाइने छ ।

प्रधानाध्यापक दाहालले पछिल्लो समय फुटसलको बढ्दो लोकप्रियतालाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको बताउदै नयाँ प्रतिभावान खेलाडी पहिचान गर्न प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.