लेख विवरण

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर महानगरपालिका क्रिकेट संघ विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर महानगरपालिका क्रिकेट संघ विजयी

भक्तपुर। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्ला छनोट प्रतियोगितामा भक्तपुर महानगरपालिका क्रिकेट संघ विजयी भएको छ। आज भएको खेलमा भक्तपुर महानगरपालिका क्रिकेट संघले भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी भक्तपुर)लाई ४ विकेटले पराजित गरेको हो।

तल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा सिइसी भक्तपुरले टस जितेर ब्याटिङ गर्दै ४१.४ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनायो। टोलीका लागि कप्तान शिवम तिवारीले अविजित ६८ रन बनाए। त्यस्तै इन्जमामुल १३ र अरेश कुँवरले ११ रन बनाए। दिपेश सिंह कुँवर र आशिश अधिकारीले समान १२-१२ रन बनाए। भक्तपुर महानगरपालिका क्रिकेट संघका लागि सन्देश जंग कार्कीले ३ विकेट लिदा सक्रिय प्रताप कार्की, सागर घिमिरे, भुपेन्द्र आचार्यले समान २-२ विकेट लिए। धिरेन्द्र बस्नेतले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको भक्तपुर महानगरपालिका क्रिकेट संघले ३२.४ ओभरमा ६ विकेट गुमाउदै १ सय ६९ रनको लक्ष्य पुरा गर्यो। टोलीका लागि सागर घिमिरेले सर्वाधिक ३८ रनको योगदान दिए। विशाल देवकोटा (३३), सौरभ सखकर्मी (२०) र महेश बोहराले (१६) रन बनाए। सक्रिय प्रताप कार्की (१९) र सत्यम साह (१७) रनमा अविजित रहे। सिइसी भक्तपुरका लागि हर्क रोकायाले २ विकेट लिदा योगेन्द्र खड्का, शिवम तिवारी र अन्कित जोशीले समान १-१ विकेट लिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.