लेख विवरण

भ्याली पब्लिक र इबीए उपाधिनजिक

भ्याली पब्लिक र इबीए उपाधिनजिक

काठमाडौंँ। भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले आयोजक केभीकेएसएस ‘ए’ २३–१४ ले पराजित ग¥यो । भ्याली पब्लिककी दृष्य गुरुङले १० स्कोर गरिन् । भ्याली पब्लिककी सोनी तामाङ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

इबीएले ल्यान्डमार्क एकेडेमीलाई १९–११ ले हरायो । इबीएकी मेनुका मगरले ८ अंक जोडिन् । इबीएकी अनामिका पटेल ‘प्लेयर अफ दि म्याच’ चुनिइन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.