फेरिल्यान्ड र भ्याली पब्लिक फाइनलमा
काठमाडौंँ। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र भ्याली पब्लिक सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
डिफेन्डिङ च्याम्पियन फेरिल्यान्ड ‘ए’ ले न्युटनलाई २२–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि करुणा बोगटीले ८ अंक जोडिन् । भ्याली पब्लिकले फेरिल्यान्ड ‘बी’ लाई १८–१५ ले हरायो । भ्याली पब्लिककी सोनी तामाङले ५ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा जेबी स्कुल र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने छन् । जेबीले फेरिल्यान्डलाई १९–१६ ले पाखा लगायो । जेबीका आरोन कार्कीले ५ अंक बटुले । एन्जल्स हार्टले ज्ञानभूमिको चुनौती २०–१५ ले पन्छायो । एन्जल्स हार्टका अश्विन जुग्जालीले ५ अंक जोडे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्