लेख विवरण

कमाने प्रिमियर लिगको उपाधि एक्सपर्ट भिजनलाई

कमाने प्रिमियर लिगको उपाधि एक्सपर्ट भिजनलाई

हेटौडा। कमाने प्रिमियर लिग (केपिएल) सिजन–४ को उपाधि कमाने एक्सपर्ट भिजनले जितेको छ। आज भएको फाइनल खेलमा एक्सपर्ट भिजनले कमाने राइडर्सलाई ३ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको कमाने राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। राइडर्सका लागि सुखेन्दु समन्थाले १८ बलमा अविजित ३५ रनको योगदान दिए। राम नरेश गिरीले १६ बलमा २९ रन बनाए भने कस्पल अधिकारीले ३५ बलमा २७ रन जोडे।
बलिङतर्फ एक्सपर्ट भिजनका सागर मगरले ४ ओभरमा ३२ रन खर्चिएर ३ विकेट लिए। सुजित पटेलले ४ ओभरमा २ विकेट लिँदै २८ रन मात्र खर्चिए।

१५४ रनको लक्ष्य पछ्याएको कमाने एक्सपर्ट भिजन इलेभेनले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीको जितमा आशिम श्रेष्ठले ३६ बलमा उत्कृष्ट ६० रनको इनिङ खेले। सुजित पटेल १९ बलमा अविजित ४० रन बनाएर अन्त्यसम्म टिके। इर्फान अलीले २० बलमा २७ रनको योगदान दिए।

कमाने राइडर्सका बलरहरूमध्ये प्रविन घिमिरेले ४ ओभरमा ३ विकेट लिए। बिपुल खनालले ३.१ ओभरमा २ विकेट लिए भने विष्णु राउतले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.