लेख विवरण

सफ्ट टेनिस भारत जाने

सफ्ट टेनिस भारत जाने

काठमाडौं । दोश्रो एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली आइतबार भारतको पञ्जाब प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी ३ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ८ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।

पुरुष खेलाडीमा विश्वास सिंह, रोशन केसी, मृगेन्द्र शर्मा, सुरज चौधरी, शिखर थापा मगर, कुमार गिरी, अनुज केसी र क्षितिज यादव रहेका छन् । महिलामा रितिका चौधरी, रोशिका पोखरेल, लक्ष्मी नेपाली र विमला पन्थी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.