बेसबल तथा सफ्टबल संघको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको चौथो साधारण सभा शनिवार सम्पन्न भयो । साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले बेसबल खेलको विकासमा आफ्नो सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले अध्यक्ष दीपक न्यौपानेले प्रस्तुत गरेको प्रगति विवरण तथा कोषाध्यक्ष उपेन्द्रविक्रम लामाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव प्रदीप शाहले गरेका थिए । साधारण सभामा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।

टिप्पणी लेख्नुहोस्