लेख विवरण

नरहरिपुर टिम च्याम्पियन

नरहरिपुर टिम च्याम्पियन

काठमाडौं, माघ १७ गते । नरहरिपुर डोजोले दोश्रो शहिद सागर सिंह÷ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नरहरिपुर ५ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरी शाखा डोजोको आयोजनामा मंगलबजारमा भएको प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको आयोजक प्रयागपोखरीले ४ स्वर्ण, ५ रजत र ९ कांस्य हात पा¥यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा मदन माझी तथा महिलामा रञ्जना चाम्लिङ राई उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजक प्रयागपोखरीका हुन् । चापागाउँ डोजोका आयुश महर्जन उदीयमान खेलाडी चुनिए ।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व मन्त्री रामकृष्ण चित्रकार, प्रतियोगिता संयोजक एवं आयोजक प्रयागपोखरी डोजोका उपाध्यक्ष मनोजबहादुर न्याछो, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा २२ स्पर्धामा ३ सय २५ खेलाडीले सहभागिता जनाएको प्रयागपोखरी डोजाका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.