लेख विवरण

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरको फराकिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भक्तपुर जिल्ला छनोट अन्तर्गत सम्पन्न खेलमा भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले भक्तपुर क्रिकेट सेन्टरलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २३६ रनको चुनौतीपूर्ण योगफल तयार गर्‍यो। टोलीका लागि इन्जामामुल हकले १०३ बलमा ६१ रनको धैर्यपूर्ण इनिङ खेले। शिवम त्रिपाठीले ३५ बलमा ४९ रन बनाउँदा पवन राज शर्माले ४८ बलमा ४२ रनको योगदान दिए।

भक्तपुर क्रिकेट सेन्टरका बलरहरूमध्ये कृष्ण महतो र विनोद तामाङले समान ३–३ विकेट लिए। पृथक गुरुङले २ विकेट झारे।

२३७ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट सेन्टर २०.३ ओभरमै ९१ रनमा अलआउट हुन पुग्यो। टोलीका लागि प्रियान्शु जैसवालले २७ बलमा २२ रन बनाउँदा श्रेराज वीर सिंहले ४५ बलमा १४ रन जोडे। अन्य ब्याट्सम्यानहरू ठूलो स्कोर बनाउन असफल भए।

भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरका बलिङतर्फ अंकित जैसवाल र शिवम त्रिपाठीले घातक प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। अंकितले २.३ ओभरमा मात्र ४ रन खर्चिए भने शिवमले २ ओभरमा ४ रन दिए। योगेन्द्र कार्कीले १ विकेट लिए।

यस जितसँगै भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप जिल्ला छनोटमा आफ्नो दाबेदारी मजबुत बनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.