राष्ट्रिय जिमन्याष्टिक सुरु
काठमाडौं। नेपाल जिमन्याष्टिक संघको आयोजनामा १४ औं र्राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान ८–८ गरी १६ स्पर्धा समावेश प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्