लेख विवरण

राष्ट्रिय जिम्नास्टिक प्रतियोगिता : नेपाल आर्मी च्याम्पियन

राष्ट्रिय जिम्नास्टिक प्रतियोगिता : नेपाल आर्मी च्याम्पियन

काठमाडौं । नेपाल आर्मी १४ औं र्राष्ट्रिय जिमन्याष्टिक प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा भएको प्रतियोगितामा आर्मीले सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बन्यो ।

नेपाल जिमन्याष्टिक संघको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेश दोश्रो भयो । बागमतीले ९८.६० अंक बटुल्यो । तेश्रो भएको एपीएफ क्लबले ९२.३५ अंक प्राप्त ग¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीले पुरुष/महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.