भ्याली पब्लिकलाई केभीकेएसएस कप
काठमाडौं। भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को साँघुरोअन्तरले पराजित ग¥यो । भ्याली पब्लिककी दृष्य गुरुङले ७ स्कोर गरिन् ।
केभीकेएसएस ‘ए’ ले ल्यानडमार्क एकेडेमीलाई २८–२० ले हराउदै तेश्रो भयो । केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ अंक जोडिन् ।
भ्याली पब्लिककी सेलिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’, इबीएकी सन्जिला मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।
काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।
विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी गुरुङ तथा सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो । माघ ११ गतदेखि सुरु भएको प्रतियोगितामा आयोजकको ३ सहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्