लेख विवरण

ज्ञान संस्कारको विजयी सुरुआत

ज्ञान संस्कारको विजयी सुरुआत

काठमाडौं। आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

सामाखुशीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले फ्युजन एकेडेमीलाई १७–१६ ले पराजित ग¥यो । ज्ञान संस्कारका अने डंगोलले ७ अंक जोडे ।

ब्वाइजमै ल्यान्डमार्क एकेडेमीले रोजमेरीलाई २८–२२, ग्रिनल्यान्डले अपीलाई १६–११, भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई ३२–१९, किङडमले भद्रकालीलाई ५७–४१ र सेबले रिलायन्स को–एडलाई ३७–२७ ले हराए । ल्यान्डमार्कका मनोजले ६, ग्रिनल्यान्डका रोहित गुरुङले ४, भ्याली पब्लिकका अशोक विकले १४, किङडमका जिग्मे शेर्पाले १३ र सेबका युविन तामाङले १७ अंक जोडे ।

गल्र्समा ग्रिनल्यान्डले किङडमलाई २१–१७ तथा ल्यान्डमार्कले अपीलाई २८–२४ ले पाखा लगाए । ग्रिनल्यान्डकी दीक्षा पाण्डेले ९ तथा ल्यान्डमार्ककी प्रतीक्षा राईले ११ स्कोर गरे ।

प्रतियोगिताको राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी वाइबाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा २५ र गल्र्समा १६ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.