शहिद स्मृति कराते सुरु
काठमाडौं। नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरीको आयोजनामा दोश्रो शहिद सागर सिंह/ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता शुक्रबारदेखि मंगलबजारमा सुरु भएको छ ।
पहिलो दिन महिला २५ केजीमुनि टौखेल डोजोकी प्रतिक्षा दोङ, पुरुष ३० केजीमुनि चापागाउँ डोजोका आयुश महर्जन, पुरुष २५ केजीमुनि ठेचो डोजोका प्रमोद मल्ल, महिला २० केजीमुनि ठेचो डोजोकी अलिका ब्लोन र पुरुष २० केजीमुनि चापागाउँका सयनकुमार बाडेले स्वर्ण जिते । एकल काताको पुरुषमा न्यु होराइजनका रोजन मानन्धर तथा महिलामा आयोजक प्रयागपोखरीकी अन्भी जोशी पहिलो भए ।
प्रतियोगिताको बागमती प्रदेशका पूर्व मन्त्री रामकृष्ण चित्रकारले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २२ स्पर्धामा ३ सय २५ खेलाडीको सहभागिता रहेको प्रयागपोखरी डोजाका प्रशिक्षक विकास महर्जनले जनाएका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्