रोशन र सोनम वाडमो ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित
काठमाडौं, माघ १८ गते । कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ जना योगासन खेलाडीहरूलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’ को उपाधि जित्न सफल हुनुभएको छ।
कपनस्थित दीक्षालय स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न उमेरसमूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोशनले यस अघि पनि दुईवटा राष्ट्रिय प्रतियोगिताहरुमा समेत मिस्टर योगिको उपाधि जित्दै ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
१० देखि १४ वर्ष उमेर समूह (पुरुष)तर्फ सत्य नारायण शाह प्रथम, निलम पुरी द्वितीय र युल किशोर सिंह तृतीय स्थानमा रहनुभएको थियो। सोही उमेर समूह (महिला)तर्फ सोनम वाडमो तामाङ प्रथम, स्वेक्षा थापा द्वितीय तथा संरचना पुरी र सामना नेपाली संयुक्त रूपमा तृतीय स्थानमा रहनुभयो।
१४ देखि १८ वर्ष उमेर समूह (पुरुष)तर्फ बुद्ध गुरुङ प्रथम, सन्देश धिताल द्वितीय र सुन्दर कार्की तृतीय स्थानमा रहनुभयो। महिला तर्फ प्रज्ञा गौतम प्रथम, सुहारिका कार्की द्वितीय र प्रिया जी.सी. तृतीय स्थानमा रहनुभयो।
१८ देखि २८ वर्ष उमेर समूह (पुरुष)तर्फ रोशन विष्ट प्रथम, आङ छिरिङ लामा द्वितीय र विवेक यादव तृतीय स्थानमा रहनुभयो। महिला तर्फ चाँदनी परियार प्रथम, पुष्पा नाथ द्वितीय र आशा पौडेल तृतीय स्थानमा रहनुभयो।
२८ देखि ३५ वर्ष उमेर समूह (पुरुष)तर्फ देव बहादुर थापा प्रथम, सुमन आचार्य द्वितीय र कैलाशजंग कार्की तृतीय स्थानमा रहनुभयो। महिला तर्फ मिना कुमारी राउत प्रथम, मन्जु तोलेंगे द्वितीय र सुनिता सुनुवार तृतीय स्थानमा रहनुभयो।
३५ देखि ४५ वर्ष उमेर समूह (पुरुष)तर्फ नील कमल राय प्रथम, हरि कृष्ण खराल द्वितीय र तेज बहादुर ढकाल तृतीय स्थानमा रहनुभयो। ३५ देखि ४५ वर्ष उमेर समुहमै महिलातर्पm प्रथम सृजना श्रेष्ठ, दोस्रो अन्जु श्रेष्ठ, र तेस्रो स्थानमा रविना बके रहेका थिए
४५ देखि ५५ वर्ष उमेर समूह (पुरुष)तर्फ राजकुमार ओडारी प्रथम, चन्द्र बहादुर दगाल द्वितीय र लाल बाबु ठाकुर तृतीय स्थानमा रहनुभयो। महिला तर्फ जानुका भट्टराई प्रथम, रेनु दुलाल द्वितीय र कमला काफ्ले तृतीय स्थानमा रहनुभयो ।
५५ वर्ष माथिको उमेर समूह (पुरुष)तर्फ कृष्ण बहादुर न्यौपाने प्रथम, कमल बहादुर राजलवट द्वितीय र यज्ञ प्रसाद आचार्य तृतीय स्थानमा रहनुभयो। महिला तर्फ ललिता कुमारी बछाड प्रथम, चिनी माया खत्री द्वितीय र पशुपति देवी धिमाल तृतीय स्थानमा रहनुभयो।
यस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको आवास तथा खानाको पूर्ण प्रायोजन दीक्षालय स्कुलले गरेको थियो। प्रतियोगितामा देशभरबाट आएका खेलाडी तथा खेल प्राविधिकहरूलाई आतिथ्य प्रदान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै दीक्षालय स्कुलका संस्थापक प्रिन्सिपल दुर्गाप्रसाद दाहालले आगामी दिनमा पनि यस्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टिप्पणी लेख्नुहोस्