विकल्पको उच्च स्कोरमा ज्ञान संस्कारलाई सफलता
काठमाडौं, माघ १८ गते । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ ।
सामाखुशीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले राजन मेमोरियललाई २६–१७ ले पराजित ग¥यो । ज्ञान संस्कारका विकल्पराज भण्डारीले ११ अंक जोडे ।
ब्वाइजमै पारामाउन्ट एकेडेमीले क्यान्भास बसन्त ऋतुलाई २८–२०, स्किब्सले काठमाडौं युरोलाई २७–२२, जेबी स्कुलले रिलायन्स को–एडलाई ३९–२९, डाफोडिलले भद्रकालीलाई ३४–२५, न्युटनले अपीलाई ३२–२७, हिमशिलाले रिलायन्सलाई १९–१८ र ल्यान्डमार्क एकेडेमीले काठमाडौं इङलिस स्कुललाई २२–२० ले हराए ।
गल्र्समा ग्रिनल्यान्डले क्यान्भासलाई २४–१८, बागमतीले ज्ञान संस्कारलाई १५–१३, प्रारम्भ वल्र्डले ज्ञान संस्कारलाई ३१–३०, भ्याली पब्लिकले ल्यान्डमार्कलाई ३४–२४, बागमतीले नयुटनलाई २५–२२ र काठमाडौं भ्यालीले अपीलई ३१–२१ ले पाखा लगाए ।

टिप्पणी लेख्नुहोस्