लेख विवरण

फुटसलको यु–११ मा एक्सेल्सियरको जित

फुटसलको यु–११ मा एक्सेल्सियरको जित

काठमाडौं, माघ १८ गते । आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ उमेरसमूहमा आइतबार जित हात पारेको  छ ।

एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३–१ गोलले पराजित ग¥यो । विजयी थिमका लागि दिर्शान्त कार्कीले २ तथा इभान ढकालले १ गोल गरे । अनमोल ज्योतिका सम्राट शाहीले १ गोल फर्काए ।

सोही उमेरसमूहमा काष्ठमण्डप विद्यालयले संस्कृतिलाई ५–३ र अनमोल ज्योतिलाई ४–०, रिब्सले बोधीवृक्षलाई ७–१ र लाइफ स्कुललाई ६–२ तथा संस्कृतिले अनमोल ज्योतिलाई ३–० गोलले हराए ।

यु–९ मा एक्सेल्सियरले मिश्रित नतिजा निकाल्यो । काष्ठमण्डपलाई ३–२ ले हराएको एक्सेल्सियर काष्ठमण्डपसंग ६–० ले चुक्यो ।

यु–१३ मा कोहिनुरले किड्ड लर्निङलाई २–१ तथा काष्ठमण्डपले न्यु एरा एकेडेमीलाई ३–२ गोलले पाखा   लगाए । काष्ठमण्डप र एलआरआईले गोलरहित बराबरी खेले ।

यु–१६ मा किड्स लर्निङले संस्कृतिलाई ३–१, एलआरआईले काष्ठमण्डपलाई २–० र रिब्सले काष्ठमण्डपलाई ४–० गोलले पन्छाए ।

बास्केटबल : ओरेकल रे विजयी

एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा ओरेकल रेले आयोजक एक्सेल्सियरलाई ३२–२७ ले पराजित ग¥यो । ओरेकलका सुहाङ लिम्बूले १५ अंक जोडे ।

सिनियर ब्वाइजमै संस्कृतिले ज्ञानोदय बाल वाटिकालाई ३७–२६, रेडियन्ट पब्लिकले स्वर्णिमलाई २६–१९ र बाल दीक्षा सदनले एलआरआईलाई २६–१७ ले हराए । संस्कृतिका अभिग्न श्रेष्ठले २०, रेडियन्टका सुगम राना मगरले १३ र बाल दीक्षाका सयल महर्जनले १३ स्कोर गरे ।

सिनियर गल्र्समा ह्वाइटफिल्डले ज्ञानोदयलाई १६–१४ तथा स्वर्णिमले ह्वाइटफिल्डलाई २६–८ ले पाखा लगाए । ह्वाइटफिल्डकी स्मृति राईले ८ तथा स्वर्णिमकी हिसी ल्हामु लामाले १३ अंक बटुले ।

पहिलोपटक थप गरिएको विधा यु–१२ गल्र्स बास्केटबलमा स्वर्णिमले चाँदबागलाई ७–६ ले पन्छायो । स्वर्णिमकी क्रिस्टल श्रेष्ठले २ अंक जोडिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.