लेख विवरण

नेपाललाई सुरुआतमै धक्का, कुशल भुर्तेल ८ रनमै आउट

नेपाललाई सुरुआतमै धक्का, कुशल भुर्तेल ८ रनमै आउट

चेन्नई । आईसीसी पुरुष टी२० विश्वकप वार्म-अप खेलमा नेपालले लक्ष्य पछ्याउने क्रममा सुरुआतमै झट्का बेहोरेको छ। ओपनर कुशल भुर्तेल ८ रनमै आउट भएका छन्।

यूएईका बलर मुहम्मद रोहिदको बलमा भुर्तेल विकेटकिपर आर्यांश शर्माको हातमा क्याच भए। भुर्तेलले ९ बलमा १ चौका प्रहार गरे पनि इनिङलाई अगाडि बढाउन सकेनन्।

१४६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि प्रारम्भमै विकेट गुम्नु चुनौतीपूर्ण बनेको छ भने अब अन्य ब्याट्सम्यानको जिम्मेवारी अझै बढेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.