लेख विवरण

नेपाल संकटमा, कप्तान रोहित पौडेल रनआउट

नेपाल संकटमा, कप्तान रोहित पौडेल रनआउट

चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप वार्म-अप खेलमा नेपालले अर्को ठूलो झट्का बेहोरेको छ। कप्तान रोहित पौडेल १६ रनमै रनआउट भएका छन्।

सिमरनजीत सिंहको बलमा रन लिने क्रममा मुहम्मद रोहिद र विकेटकिपर आर्यांश शर्माको संयोजनमा रोहित रनआउट भए। पौडेलले १९ बलमा १ चौका प्रहार गरे पनि इनिङलाई अगाडि बढाउन सकेनन्।

१४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले लगातार विकेट गुमाउँदा दबाब बढेको छ। अब बाँकी ब्याट्सम्यानमाथि ठूलो जिम्मेवारी आएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.