चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप वार्म-अप खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ। ओपनर आसिफ शेख ८ रनमै रनआउट भएका छन्।
मुहम्मद रोहिदको बलमा रन लिने क्रममा हर्षित कौशिकको थ्रोमा आसिफ शेख रनआउट भए। आसिफले ६ बल खेल्दै १ छक्का प्रहार गरे पनि इनिङलाई लामो बनाउन सकेनन्।
१४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सुरुआतमै दुई विकेट गुमाएपछि दबाबमा परेको छ। अब क्रिजमा रहेका ब्याट्सम्यानले इनिङ सम्हाल्दै लक्ष्यतर्फ अघि बढ्नु आवश्यक देखिएको छ।
टिप्पणी लेख्नुहोस्