लेख विवरण

टी-२० विश्वकप वार्म-अपमा नेपालद्धारा यूएई ७ विकेटले पराजित

टी-२० विश्वकप वार्म-अपमा नेपालद्धारा यूएई ७ विकेटले पराजित

चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को वार्म-अप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ। नेपालले १४६ रनको लक्ष्य १८ बल बाँकी राखेर पूरा गर्दै शानदार जित दर्ता गर्यो।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका प्रमुख ब्याट्सम्यानहरू यस प्रकार रहेका थिए:

  • आर्यांश शर्मा २५ (१७ बल, ३ चौका, १ छक्का)

  • सोहाइब खान अविजित ३८ (२७ बल, ३ चौका, १ छक्का)

  • हर्षित कौशिक ३५ (२४ बल, ३ चौका, २ छक्का)

नेपालका बलरमध्ये सन्दीप लामिछाने ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने करण केसीले ३ ओभरमा २ विकेट लिए। दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा १२ रन खर्चेर १ विकेट हात पारे।

नेपालको जवाफमा सुरुआत केही झट्कापूर्ण रह्यो। ओपनरहरू क्रमशः कुशल भुर्तेल ८, आसिफ शेख ८, र कप्तान रोहित पौडेल १६ रनमा आउट भए। तर, मध्यक्रमका ब्याट्सम्यानहरूले खेललाई सम्हाले।

  • दिपेन्द्र सिंह ऐरी अविजित ५० (३१ बल, ४ चौका, १ छक्का)

  • आरिफ शेख अविजित ६१ (३७ बल, ८ चौका, २ छक्का)

नेपालले अन्ततः १७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

यस जितले नेपाली टोलीलाई आगामी मुख्य टी२० विश्वकप प्रतियोगिताका लागि आत्मविश्वास र तालमेल दुवै प्रदान गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.