छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता शुरु
दक्षिणकाली । छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप कराँते प्रतियोगिता आजबाट शुरु भएको छ । दक्षिणकाली नगरपालिका स्थित वडा नं.१ चाल्नाखेलमा शुरु भएको हो । यस प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले गर्नुृभएको हो । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बस्नेतले पवित्र स्थल यस दक्षिणकालीमा खेल प्रतियोगिता आयोजना भएकोमा अत्यन्तै खुशी लागेको बताउनु भयो । खेल व्यक्तिगत स्वास्थ्यको लागि र खेलको माध्यमबाट आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रियसम्म पु¥याउन अत्यन्त महत्वपुर्ण रहेको बताउँनुभयो । उहाँले आफ्नो क्षेत्रका खेलाडीहरु अन्तराष्टिय खेल सम्म पुग्न सफल हुन् भन्ने सुभेक्षा व्यक्त गदै खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
पुरुष र महिला गरी जम्मा २ सय खेलाडीहरु सहभागी रहेको अध्यक्ष विनोद गुरुङले बताउनुभयो । कार्यक्रममा विशेष अतिथि उपप्रमुख बसन्ती डंगोललगायत अन्य क्षेत्रका अतिथिहरुको उपस्थित रहेको रहेको थियो । कार्यक्रम शनिबार सम्म संचालन हुनेछ ।

टिप्पणी लेख्नुहोस्