जेबी र बीएनएको विजयी सुरुआत
काठमाडौं। आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
बूढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले पराजित ग¥यो । जेबीको जितमा गौरव ओलीले ८ अंक योगदान गरे । विकास विष्टको ६ अंक सहयोगमा बीएनएले त्रिवेणीलाई ३२–२० ले हरायो ।
जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३५–२५ तथा नेचरले ओएसिस् एकेडेमीलाई १८–१५ ले पाखा लगाए । लालीगुराँसका सुवास शाहीले १० तथा नेचरका सरोज गुरुङले ६ अंक जोडे ।
सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले जेबीलाई २७–२५, फेरिल्यान्डले बीएनएलाई ३६–२५, ग्रिनल्यान्डले आरम्भलाई ३४–२० र बेलमोन्टले त्रिवेणीलाई १६–१० ले पाखा लगाए । इबीएकी मेनुका मगरले ८, फेरिल्यान्डकी सन्दिपा राईले १३, ग्रिनल्यान्डकी दीक्षा पाण्डेले १६ र बेलमोन्टकी खुशी तामाङले १० स्कोर गरे ।
प्रतियोगिताको पूर्व मन्त्री रेशम लामा, आयोजक विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद ओस्ती र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलानले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी २४ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्