विश्व पारा एथलेटिक्समा नेपालका २ खेलाडी
काठमाडौं, माघ २२ गते । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स– १७ मा नेपालबाट २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फेब्रुअरी ५ देखि सुरु भइसकेको प्रतियोगिता फेब्रुअरी १७ तारिखसम्म चल्ने छ ।
श्रृष्टि धेवाजुले १ सय र २ सय मिटर दौड तथा प्रभा आङडेम्बेले ४ सय मिटर दौड र लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा विमला राना मगर तथा अफिसियलमा स्याङबु भोटे रहेका छन् । प्रभा सोमबार तथा बाँकी टोली आइतबार दुबइ प्रस्थान गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्